logo
२०८१ मंसिर ९ आईतवार



राष्ट्रपति भण्डारीद्वारा पन्त र ओलीलाई विज्ञ नियुक्त

मुख्य समाचार |


राष्ट्रपति भण्डारीद्वारा पन्त र ओलीलाई विज्ञ नियुक्त


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई विज्ञ पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले सोमबार दुई जनालाई विज्ञमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिका १५ निवासी डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्रको विज्ञमा नियुक्त गर्नुभएको छ । त्यस्तै, काठमाडौं महानगरपालिका ४ निवासी डा. कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रको विज्ञमा नियुक्त गर्नुभएको प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?