काठमाडौं, फागुन १९ गते । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमाेदनपछि बसेकाे पहिलाे गठबन्धनको बैठक मूलतः एमसीसी कार्यान्वयनकाे विषयमा छलफल भएको छ । 'चार दलकाे बैठकमा एमसीसी अनुमाेदनका लागि सहमति जुटेकाेमा प्रधानमन्त्रीले सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
विकसित राजनीतिक परिस्थितिमा सरकार, गठबन्धनको भूमिकाकाे विषयमा छलफल केन्द्रीत भयाे । ', सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । खासगरी, एमसीसी परियाेजना पाँच वर्षभित्र कार्यान्वयन हुन नसके सहयाेग फिर्ता जाने बताउनुहुँदै मन्त्री कार्कीले यसलाई समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको पनि बताउनुभयाे ।
सार्वभौम संसदमा अवराेध छ, जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, हवाई उड्डयन जस्ता विधेयकहरु छन्, संसद सञ्चालन एवम् राष्ट्रिय समस्याका विषयमा छलफल केन्द्रित भएको उहाँको भनाइ छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीलगायतका शीर्ष नेताहरुकाे उपस्थिति थियाे ।