logo
२०८१ बैशाख १७ सोमवार



गर्भवतीको मृत्युपछि उदयपुर अस्पतालमा तनाव

मुख्य समाचार |
समाज |


गर्भवतीको मृत्युपछि उदयपुर अस्पतालमा तनाव


भोटराज राई
उदयपुर, फागुन २० गते। उदयपुर अस्पतालमा गएराति गर्भवतीको मृत्यु भएपछि शुक्रबार तनाव भएको छ। उदयपुरगढी गाउँपालिका–६ की ३२ वर्षीया सीता राउत कार्कीको प्रसूति सेवा लिने क्रममा मृत्यु भएको हो। गर्भवतीको मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तले लापरवाही भएको भन्दै आक्रोश पोख्ने क्रममा तनावपूर्ण स्थितिको सिर्जना भएको हो।

सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड भएको छ। अस्पतालका चिकित्सकमाथि हातपात भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा टोली अस्पतालभित्र र आसपासमा खटिएका छन्। आक्रोशित भीडबाट हुनसक्ने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि कुटपिटप्रति सतर्कता अपनाउदै प्रशासनले सुरक्षाकर्मी तैनाथ गरेको छ।

तेस्रो सन्तान जन्माउन भन्दै तीन दिनअघि अस्पताल भर्ना गरेको मृतकको श्रीमान् अर्जुन कार्कीले बताउनुभयो। ‘गर्भवतीलाई सामान्य ढंगले सुत्केरी गराउने भन्दै राखिएको थियो’, उहाँले भन्नुभयो, ‘तर, गएराति एक्कासl मृत्युको खबर आयो।’ मृत्यु भएको जानकारी पाएपछि आफन्त आक्रोशित बनेका हुन्।

पीडित पक्षले आमाको मृत्युले दुई छोरीको बिचल्ली हुने भन्दै उनीको भविष्यको ग्यारेण्टीको माग गरेका छन्। माग पुरा नभएसम्म शव जिम्मा नलिने र आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ। आन्दोलन चर्किएपछि शव अस्पतालबाट उठाइएको छैन।

घटनाप्रति अस्पताल प्रशासन गम्भीर भएको अस्पताल मेडिकल सुपरिटेन्डेनट डा. मुेकश झाले बताउनुभयो। यस विषयमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ। अस्पताल प्रशासन र पीडित पक्षबीच आपसी वार्ताबाट समस्याको हल खोज्ने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताउनुभयो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?