काठमाडौं, फागुन २१ गते। आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो।
सम्भावित कार्यसूचीमा वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख गरिएको छ। कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन पेश गर्नुहुने उल्लेख छ।
बैठक अघि आइतबार बिहान साढे ११ बजेका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक आह्वान गर्नुभएको छ। आइतबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।