logo
२०८१ मंसिर ९ आईतवार



संविधानमा महिलाको सम्पूर्ण अधिकार सुनिश्चित गरिको छ : प्रम देउवा

मुख्य समाचार |


संविधानमा महिलाको सम्पूर्ण अधिकार सुनिश्चित गरिको छ : प्रम देउवा
तस्बिर : कबिता थापा



काठमाडौं, फागुन २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री देउवाले नेपालको मूल कानुनले नै महिलाको सम्पूर्ण अधिकार सुनिश्चित गरेको बताउनुभएकाे हाे ।

‘हाम्रो मूल कानुनले नै महिलाको सामाजिक, आर्थिक, राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि नीतिगत व्यवस्थाहरू गरेको छ, महिलाको हकमात्रै होइन, धेरै वटा अधिकारहरूलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको छ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले महिला सशक्तीकरण सबैको साझा सरोकारको विषय भएको बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?