logo
२०८१ मंसिर ९ आईतवार



कामु प्रधानन्यायाधीशको एकल इजलास तोकियो

संवैधनिक इजलास गठनसम्बन्धी रिटमा सुनुवाइ

मुख्य समाचार |
राजनीति |


कामु प्रधानन्यायाधीशको एकल इजलास तोकियो
फाइल तस्बिर


काठमाडौं, फागुन २५ गते। सर्वोच्च अदालतमा बुधबार प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने मुद्दाको पेशी तोकिएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा अधिवक्ता गणेश रेग्मीले दायर गर्नुभएको रिटमा सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतले संवैधनिक व्यवस्थाअनुसार इजलासबाट प्रधानन्यायाधीश अलग हुन नमिल्ने माग गर्दै अधिवक्ता रेग्मीले रिट दायर गर्नुभएको थियो। रेग्मीले रिटमा संविधानमा जे व्यवस्था छ त्यही अनुसार इजलास गठन हुनुपर्ने र कसैको दबाबमा परेर संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिन नहुने जिकिर गरिएको थियो। रिटमा प्रधानन्यायाधीश इजलासबाट अलग हुन नमिल्ने अन्तरिक आदेश जारी गर्न माग गरिएको थियो।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रुपमा प्रधानन्यायाधीश आफैं संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो। यसअघि उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास रोक्न अन्तरिक आदेश जारी गरेको थियो।

यसैगरी, आज संवैधानिक इजलासमा १४ मुद्दाको पेशी तोकिएको छ। सर्वोच्चमा पाँच महिनापछि आज दोस्रो पटक इजलास बसेको हो। गत असोज १३ गतेपछि गत शुक्रबार पहिलोपटक इजलास बसेको थियो। कामु प्रधानन्यायाधीश कार्कीले वरिष्ठताका आधरमा इजलास गठन गर्नुभएको छ। इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?