logo
२०८१ बैशाख १८ मंगलवार

  सङ्खुवासभा दुर्घटना अपडेट  



मृतक १४ जनाको सनाखत, घाइतेलाई धरान लगियो

मुख्य समाचार |
समाज |


मृतक १४ जनाको सनाखत, घाइतेलाई धरान लगियो


ध्यान कुलुङ
सङ्खुवासभा, फागुन २६ गते । मादी नगरपालिका ६ मा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनाका घाइतेलाई उपचारका लागि धरान लगिएको छ । सेनाको हेलिकोप्टरबाट पाँच जना घाइतेलाई धरान लगिएको हो ।

युवा पोखरेल, सुवास गोले, तुलसा कटुवाल, करिष्मा तामाङ र डम्बर कार्कीलाई उपचारका लागि धरान लगिएको हो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार मृतक १४ जनाकै सनाखत भएको छ । मृत्तकको शव पोष्टमार्टमका लागि चैनपुर, अस्पताल लगिएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की ३० वर्षीया सीता विक छन् । सो घटनामा मादी–६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी पाँच वर्षीया दीक्षा कटुवाल, मादी–५ का ४८ वर्षीय दीपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानीप्रसाद दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता कार्की, सहचालक उमेश भट्टराई, तेह्रथुमको औँशीडाँडाका सवारी चालक विपिन निरौला र मादी–४ का ६० वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । उहाँहरु १४ जनाकै घटनास्थलमै मृत्यु भएको थियो ।

बिहीबार बिहान मादीबाट झापाको दमक हिँडेको बस सडकबाट करिब ४ सय मिटर तल खसको थियो । उक्त बसमा चालक दलसहित १९ जना सवार थिए ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?