logo
२०८१ मंसिर ९ आईतवार



मादी दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

मुख्य समाचार |
राजनीति |


मादी दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
फाइल तस्बिर


काठमाडौं, फागुन २६ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ।

सङ्खुवासभाको मादीमा भएको आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। साथै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

राष्ट्रपति भण्डारीले ट्वीटमा लेख्नुभएको छ, ‘संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी दर्जनौँ यात्रुको ज्यान गुमेको खबरले मर्माहत भएको छु। शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?