logo
२०८१ मंसिर ८ शनिवार



स्थानीय सरकारले जनताको मन जित्‍ने काम गर्नुपर्छ : प्रधानमन्त्री

मुख्य समाचार |
राजनीति |


स्थानीय सरकारले जनताको मन जित्‍ने काम गर्नुपर्छ : प्रधानमन्त्री
फाइल तस्बिर


काठमाडौं, फागुन २९ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले नगरपालिका वा स्थानीय सरकारले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ। नगरपालिका संघको २९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो।

नागरिकको नजिकको सरकार नगरपालिका वा स्थानीय सरकार भएकोले पनि आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सक्नुपर्ने पनि उहाँले बताउनुभयो। यसका लागि सबै नगरपालिका जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ।

‘कार्ययोजना बनाएर सबै नगरपालिकाले सबै आर्थिक क्रियाकलापको समन्वय गरेर काम गर्न आवश्यक छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘देशको आर्थिक समृद्धि र समतामूलक समाज निर्माणको यात्रामा छौँ। त्यसका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण छ।’

मुलुकको आधुनिकीकरण, सेवा, पूर्वाधार विकासका लागि योजनाबद्ध आवास, बाटो, घाटो, प्राकृतिक स्रोत लगायत नगरपालिका व्यवस्थित हुनुपर्ने उहाँले बताउनुभयो। सरकार र स्थानीय तह सरकारबीच खासै भिन्नता नरहेको उहाँको भनाइ छ।

जनताको दुःख, सुखमा सहभागी भएर धेरै कुरा नगरी काम गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?