logo
२०८१ मंसिर ८ शनिवार



काठमाडौंमा माओवादीको वैचारिक–राजनीतिक प्रशिक्षण

मुख्य समाचार |
राजनीति |


काठमाडौंमा माओवादीको वैचारिक–राजनीतिक प्रशिक्षण
प्रशिक्षणमा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिरः रत्न श्रेष्ठ/रासस


काठमाडौं, चैत २ गते। चुनाव केन्द्रीय राजनीतिक चहलपहल बढ्न थालेको छ। बुधबार नेकपा (माओवादी केन्द्र)ले राजधानीमा उपत्यका विशेष प्रदेश समितिको आयोजनामा वैचारिक–राजनीतिक प्रशिक्षण गरेको छ।

प्रशिक्षणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता सहभागी हुनुहुन्छ। माओवादी केन्द्र उपत्यका विशेष समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिको प्रशिक्षण भएको हो।

प्रशिक्षणमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायत सहभागी हुनुहुन्छ। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएपछि राजनीतिक दलले छलफल र प्रशिक्षणलाई तीव्रता दिएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?