काठमाडौं, चैत २ गते। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा केही सांसद चुनाव केन्द्रित कार्यक्रमका कारण जिल्ला र कार्य क्षेत्रमा रहनुभएको पनि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो।
संसद् अधिवेशनको सुरुवात र समापनमा संसदीय दलको बैठक बस्ने प्रावधान अनुरुप बैठक बसेको उहाँले बताउनुभयो।
‘प्रतिनिधिसभाको दशौं अधिवेशन प्रमुख प्रतिपक्षी दलसँग कुनै पनि छलफल नगरी हठात् अन्त्य ग¥यो। अझै महत्वपूर्ण विधेयकहरु बाँकी थिए’, उहाँले भन्नुभयो।
मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले सङ्घीय संसद्को दुवै अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।