logo
२०८० चैत्र १६ शुक्रवार



फोहोरमा मोहर खोज्नेको व्यथा

मुख्य समाचार |


फोहोरमा मोहर खोज्नेको व्यथा


वसन्त पराजुली

भरतपुर, चैत ५ गते । घरबाट निस्कने फोहोर हरेक व्यक्तिका लागि समस्याका रूपमा रहेको हुन्छ । एक दिन घरबाहिर फाल्न पाइएन भने घरमै दुर्गन्ध आउँछ । अझै सडक छेउछाउ तथा नदी किनारमा जताततै फालिएका यस्ता फोहोरले दुर्गन्ध मात्रै फैलाएको छैन, वन र वन्यजन्तुमा समेत गम्भीर असर परिरहेको छ । तर यही फोहोरलाई मोहरमा परिवर्तन गर्न जान्नेका लागि राम्रो आम्दानीको स्रोत बन्ने गरेको छ ।

भरतपुर महानगर वडा नम्बर ३ मा डेरा गरी बस्ने लक्ष्मी गुरुङ गत पाँच वर्षदेखि फोहोरको डङ्गुरमा मोहर कमाउन व्यस्त हुनुहुन्छ । उहाँले आफ्नो घर खर्च चलाउन र छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन यो आम्दानीले सहज भएको प्रतिक्रिया दिनुहुन्छ ।

“बाहिर काम सजिलै पाइँदैन । पाइहाले पनि हामी नपढेकाले महिनाभरी ज्यालादारी गरेर १० हजारदेखि १५ हजार रुपियाँ कमाउन मुस्किल छ”, फोहोरमा कवाडी समान खोजेर बेच्दा राम्रो आम्दानी हुने तर्क गर्दै उहाँले भन्नुभयो, “हामीले यहाँ (कवाड समान सङ्कलन) दिनमै तीन चार हजार रुपियाँ जम्मा गरिरहेका छौँ ।” लक्ष्मीको भनाइलाई आधार मान्दा न्यूनतम दैनिक तीन हजारको कमाइ भनेको महिनामा ९० हजारको कमाइ हो । यो रकम निजामती सेवाका सचिवको तलब भत्ताभन्दा बढी हो ।

“मैले घरमा छोराछोरी धरालो हेर्नेलाई पनि महिनामा पाँच छ हजार त तलब दिएर राखेको छु”, उहाँले भन्नुभयो, “आफू बिहानै उठेर फोहोरको थुप्रोमा आउनुपर्छ । अनि घरमा भएका बच्चालाई खाना खुवाई विद्यालयसम्म लैजाने र बेलुका विद्यालयबाट ल्याएर खाजा खुवाउने धरालेको काम हुन्छ ।”

लक्ष्मीका ८ र ५ वर्षका दुई छोरा छन् । उनीहरूको बोर्डिङ स्कुलको शुल्क र घर भाडा तथा घर खर्चका लागि कुनै समस्या नभएको उहाँको भनाइ छ । “सुरु सुरुमा त फोहोरमा काम गर्न निकै लाज लागेको थियो । विस्तारै विस्तारै बानी पर्दै गयो”, उहाँले भन्नुभयो । फोहोरसँगै रहेका फलामका टुक्रा, तामाका तार तथा टुक्रा, कागज, प्लास्टिक, कार्टुन, मोबाइल सेटलगायतका वस्तु जम्मा गरेर उहाँ कवाडीलाई बेच्ने गर्नुहुन्छ ।

भरतपुर महानगरपालिकाले फोहोर फ्याँकेको नारायणी नदी किनारको नगर वन क्षेत्रमा अहिले लक्ष्मीजस्ता २० जनाको परिवार यस्तै कवाडीका सामान बेचेर आफ्नो जीवन निर्वाह गरिरहेका छन् । “फोहोर बोकेर आएको ट्याक्टरले जब फोहोर खसाल्छ अनि त्यहाँ भएका कवाडी सामान खोज्न तँछाड मछाड नै चल्छ”, कवाडीका समान जम्मा गर्दै आउनुभएका १९ वर्षीय सनिस परियार भन्नुहुन्छ ।

घरघरबाट निस्कने फोहोर पानी प्रशोधन केन्द्रसम्म पु-याउन हनुमन्ते र मनोहरा किनारमा ३० किलोमिटर ढल प्रणाली निर्माण भइसकेको छ भने ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिकामा ढल सञ्जाल निर्माण प्रक्रिया सुरु भइसकेको छ ।

फोहोर पानीलाई प्रशोधन केन्द्रसम्म पु-याएर विभिन्न चरणमा प्रशोधन गरेर पानीलाई नजिकको नदी वा खोलामा पुनः प्रवाह गरिन्छ । प्रशोधनका क्रममा निस्किने ग्यास प्रयोग गरेर बिजुलीसमेत निकाल्न सकिन्छ । गुह्येश्वरीबाट मात्र २४० किलोवाट बिजुली निस्कने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?