logo
२०८१ मंसिर ८ शनिवार



स्थानीय निर्वाचन सम्पन्न गर्न सबैको सहयोग आवश्यक छ :  प्रधानमन्त्री देउवा

मुख्य समाचार |


स्थानीय निर्वाचन सम्पन्न गर्न सबैको सहयोग आवश्यक छ :  प्रधानमन्त्री देउवा


केदार तिमल्सिना
बनेपा, चैत ५ गते । प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । काभ्रेको तेमाल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै देश स्थानीय निवार्चनको सँघारमा रहेको बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनप्रतिनिधिहरुले जनचासोको काम मात्रै नगरी गुणस्तरीय, पारदर्शी, जवाफदेही हुनुपर्ने बताउनुभयो । उहाँले तेमाल गाउँपालिका तामाङ संस्कृतिको उद्गगमस्थलको रुपमा रहेकोले भकुन्डे मेच्छे सडक, तेमालको बृहत् खानेपानी र पर्यटकीय विकासमा सरकारको सहयोग रहने प्रतिबद्द्ता जनाउनुभयो ।

उहाँले तेमाल गाउँपालिकाले नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने काम गरेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका सभापति तीर्थ लामाले नेपाली काँग्रेसको नेतृत्वमा मात्रै बिकास सम्भव रहेको बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्र काभ्रे इन्चार्ज सूर्यमान दोङले अहिलेको गठबन्धन स्थानीय तहमात्रै सीमित नरही प्रदेश र संघीय निर्वाचनसम्म कायम रहनुपर्ने बताउनुभयो । कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिँ तामाङले सडक , खानेपानी र पर्यटन विकासको लागि सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?