logo
२०८१ मंसिर ८ शनिवार



देश विकासकालागि एमसीसी पास गरिएको हो : प्रधानमन्त्री देउवा

मुख्य समाचार |


देश विकासकालागि एमसीसी पास गरिएको हो : प्रधानमन्त्री देउवा


राजकुमार भट्टराई
खोटाङ, चैत ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले देश विकासकालागि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गरिएको बताउनुभएको छ । मोटरेबल पक्की पुल उद्घाटन गर्न खोटाङ आउनु भएका प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।
केही व्यक्तिले राष्ट्रघाती भनेर गलत प्रचार गरे पनि एमसीसी नेपालको पक्षमा र विकासको पक्षमा रहेकाले संसदबाट पास गरिएको प्रधानमन्त्री देउवाको भनाई छ ।
यस्तै प्रधानमन्त्री देउवासँगै पुल उद्घाटन गर्न खोटाङ आउनु भएका नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले नेपाल विश्वको जलस्रोतको दोस्रो ठुलो देश भएको उल्लेख गर्दै जलस्रोतको सदुपयोग गरेर देशमा आर्थिक बृद्धि गर्न सकिने उहाँको धारण राख्नु भएको छ । जसलाई अब एमसीसीले सघाउने मन्त्री चौधरीले बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल उद्घाटन गर्न सोमबार खोटाङ आउनु भएका प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री चौधरी पुल उद्घाटन गरेर सोमबार साँझ काठमण्डौ फर्किनु भएको छ ।
४० मिटर लम्बाई रहेको पक्की पुल निर्माण सम्पन्न पश्चात केही समय अगाडि नै सञ्चालनमा आइसकेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा रहेको सो पक्की पुल संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु. दुई करोड बजेटमा निर्माण गरिएको हो ।
मूल्य अभिवृद्धि करसहित रु. पाँच करोड ६० लाखरुपैँया मा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो । पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?