काठमाडौं, चैत ११ गते। सत्तारुढ दल नेपाली काँग्रेसको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा गाउँ, वडा र प्रदेशको रिपोर्टिङ भएको छ।
‘घर–घर जाऊ, नेपाली काँग्रेस जिताऔं’ अभियान सन्दर्भमा केन्द्रले दिएको निर्देशन अनुरुपको स्थितिबारे बैठकमा रिपोर्ट भएको हो। संगठनको स्थिति के छ ? हिजो हाम्रो स्थिति र अझै के काम गर्न आवश्यक छ भन्नेबारे पार्टीमा छलफल भएको काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।
बैठकमा यससँगै स्थानीय तहमा कहाँ–कहाँ गठबन्धनको आवश्यकता छ वा छैन र एक्लै लड्दा कस्तो परिणामको अपेक्षा गर्न सकिन्छ। त्यहाँको परिवेशको मूल्यांकनको आधारमा सम्बन्धित क्षेत्रको जानकारी बैठकमा राखिएको प्रवक्ता महतले बताउनुभयो। बैठकमा पार्टीका भातृ संगठनको विषयमासमेत छलफल भएको छ।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा।डा। गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले धारणा राख्नुभएको छ।
त्यसैगरी प्रदेश सभापति उद्धव थापा (प्रदेशन १) कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत्र १३ गते पुनः बस्नेगरी सकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। आइतबार बहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने बैठकमा थप केन्द्रीय सदस्यले धारणा राख्नुहुनेछ।