logo
२०८० चैत्र १५ बिहीवार



आवश्यकता र औचित्यका आधारमा साझा वा एकल उम्मेदबार : प्रवक्ता कार्की

मुख्य समाचार |
प्रदेश |


आवश्यकता र औचित्यका आधारमा साझा वा एकल उम्मेदबार : प्रवक्ता कार्की


जयकृष्ण यादव
इनरुवा, चैत १२ गते । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा गठबन्धबाट साझा वा एकल उम्मेदबार हुने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा जिल्ला अस्पातलको निरीक्षणपछि शनिबार विहान सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री कार्कीले सो कुरा बताउनुभयो । स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र औचित्यका आधारमा उम्मेदबार तय हुने उहाँको भनाइ छ ।

अहिलेको गठबन्धन तिनै तहको निर्वाचनसम्म कायम रहने बताउनुहुँदै राष्ट्रिय एकता, लोकतन्त्र र आन्तरिक एकतालाई मजबुत पार्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा उम्मेदबार छनाेट हुने बताउनुभयो । देशभर नै शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्ने र त्यो उत्सवको रुपमा हुने भएकाले सबैलाई सहभागी हुन आग्रह गर्नुभयो ।

पार्टीको अन्तरिक लोकतन्त्रका लागि १४ औं महाधिवेशनमा प्यानल भए पनि महाधिवेशन सकिएपछि पार्टीमा समूह, गुट, उपगुट, आरोप प्रत्यारोप सकिएको उहाँले दावी गर्नुभयो । मन्त्री कार्कीले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु मिलेर जाने कुरामा विमति नरहेको बताउनुभयो । तीनै तहको निर्वाचन यही सरकारले गर्ने उहाँले बताउनुभयो ।

मन्त्री कार्कीले पार्टी विधि र अनुशासनबाट सञ्चालित रहेको बताउँदै त्यसको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो । पार्टीमा एकता कायम रहेको उहाँले प्रष्ट पार्नुभयो । पार्टीको निर्णय सबैले मान्नुपर्ने भएकाले सोही निर्णय मानेर अगाडि बढाउने र ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि पठाएकाले एक ढिक्का भएर अगाडि बढ्नेमा शंका नगर्न आग्रह गर्नुभयो । प्रतिवेदनका अधारमा उम्मेदबार छनाेट हुने मन्त्री कार्कीले बताउनुभयो ।

सुनसरीको हकमा गठबन्धन बनाएर चुनाव लड्नेबारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा छलफल गरेर मात्र भन्न सकिने प्रष्ट पार्नुभयो । मन्त्री कार्की शनिबार नै सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाको गौतमपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशभर पार्टी मजवुत रहेकाले सबै ठाउँमा चुनाब जित्ने दावी गर्नुहुँदै उच्च मनोवलका साथ निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?