काठमाडौं, चैत १२ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालको तीनदिने भ्रमणमा रहनुभएका चीनको राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीबीच नेपाल र चीनबीच विभिन्न विकास निर्माणमा सम्झौता भएको छ ।
शनिवार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा दुई समकक्षी मन्त्रीबीच दुई देशका विभिन्न विकास निर्माणमा सम्झौता भएको हो ।