काठमाडौं, चैत १७ गते । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत गठबन्धनका शीर्ष नेताहरु बैठकमा सहभागी हुनुभएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने विदेश भ्रमणमा हुनुभएकोले गठबन्धनको बैठकमा सहभागी हुनुभएको छैन ।
आसन्न स्थानीय निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धनका आगामी रणनीति लगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।