काठमाडौं, चैत १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभएपछि उहाँको अनुपस्थितिमा प्रशासनिक कामको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ ।
प्रधानमन्त्री देउवाकै सिफारिसमा नेपालको संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासनिक कामको जिम्मेवारी गृहमन्त्री खाँणलाई दिनुभएको हो ।
प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि शुक्रबार मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा गर्नुपर्ने प्रशासनिक कामको जिम्मेवारी गृहमन्त्री खाँणलाई दिइएको जानकारी गराउनुभएको हो ।