logo
२०८१ बैशाख २० बिहीवार



निर्वाचन आचारसंहिताका छ विषयमा एमालेको असहमति

मुख्य समाचार |
राजनीति |


निर्वाचन आचारसंहिताका छ विषयमा एमालेको असहमति


काठमाडौं, चैत २४ गते। नेकपा (एमाले)ले केही बुँदामा असहमति व्यक्त गर्दै निर्वाचन आयोगद्वारा जारी हुने आचारसंहिता पलना गर्न सदैव प्रतिबद्ध रहेको बताएको छ।

एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले बिहीबार दिउँसो आयोग पुगेर निर्वाचन आचारसंहिताका ६ वटा विषयमा असहमति राखेको हो। महासचिवसहितको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो।

असहमतिका विषय आयोग समक्ष पेश गरेको जानकारी गराउनुहुँदै महासचिव पोखरेलले आचारसंहिता पलना गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो।

‘निर्वाचन आचारसंहिताका कतिपय व्यवस्थाले निर्वाचन प्रचार–प्रसारलाई सहज गराउने सन्दर्भमा केही दुविधा देखिएको छ’, महासचिव पोखरेलले भन्नुभयो, ‘यी दुविधालाई स्पष्ट पार्न निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छौं।’

एमाले महासचिव पोखरेल, उपमहासचिव रिमालसहितको टोलीले निर्वाचन आचारसंहिताका ६ वटा विषयमा असहमति राखेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?