logo
२०८१ बैशाख २० बिहीवार



उद्योगमन्त्री बडूद्वारा पदभार ग्रहण

मुख्य समाचार |
राजनीति |


उद्योगमन्त्री बडूद्वारा पदभार ग्रहण
बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि दिलेन्द्रप्रसाद बडू। तस्बिर : केशव गुरुङ्ग


काठमाडौं, चैत २४ गते। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गर्नुभएको छ।

यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका बडूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार उद्योग मन्त्रालयको जिम्मेवारी दिनुभएको हो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) नियुक्त हुनुभएको छ। प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बडूलाई कानुनबाट उद्योग मन्त्रालयमा नियुक्त गर्नुभएको हो।

तस्बिर: केशव गुरुङ्ग

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?