logo
२०८१ बैशाख २५ मंगलवार



न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

मुख्य समाचार |
राजनीति |


न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश


काठमाडौं, चैत २५ गते। सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको छ।

शुक्रबार कायममुकायम प्रधानन्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष दीपककुमार कार्कीले राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो।

नेपालको संविधानको धारा १३८ बमोजिम शुक्रबार शीतलनिवास पुगेर कामु प्रधानन्यायाधीश कार्कीले प्रतिवेदन बुझाउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?