logo
२०८१ बैशाख २२ शनिवार



निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री पोखरेल

मुख्य समाचार |
राजनीति |


निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री पोखरेल
सातौं लमजुङ महोत्सवलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल। तस्बिरः बेलिना थापा


बेलिना थापा
लमजुङ, चैत २५ गते। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ।

लमजुङको बेंँसीसहरमा शुक्रबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय सातौं लमजुङ महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास र समृद्धिका लागि निजी क्षेत्रको समन्वय र सहयोग अपरिहार्य रहेको र सहयोग नभएमा अघि बढ्न नसक्ने बताउनुभएको हो।

८० प्रतिशत आर्थिक विकास निजी क्षेत्रको सहयोगबाट भएको उल्लेख गर्नुभयो। सरकारले निजी क्षेत्रलाई र निजी क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो। सरकारले पूर्वाधार निर्माण र पैसा लगानी गर्न खोज्नेलाई सुरक्षित वातावरणको प्रत्याभूति गर्ने बताउनुभयो। प्रदेशमा पनि निजी क्षेत्रको सहकार्य रहेको उल्लेख गर्नुभयो। गण्डकी प्रदेशले पनि पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता राखेर काम गर्दै आएको उहाँको भनाइ छ।

मुख्यमन्त्री पोखरेलले कोभिड संक्रमणले पर्यटन व्यवसाय थलिएको अवस्थामा महोत्सव गर्नु राम्रो पक्ष रहेको बताउनुभयो। महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो।

नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङले महोत्सवले उत्पादन र समग्र आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो। महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग गर्ने अपेक्षा उहाँको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?