logo
२०८१ जेष्ठ ३ बिहीवार



रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा

मुख्य समाचार |
राष्ट्रिय |


रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
फाइल तस्बिर


काठमाडौं, चैत २६ गते । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा भएको सूचना सार्वजनिक गरेको हो ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणीन्द्रमणि पोखरेलले सार्वजनिक गर्नुभएको सूचनामा चैत २७ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?