logo
२०८१ बैशाख १९ बुधवार



निर्वाचन तयारी समिति बैठक सोमबार बस्ने

मुख्य समाचार |
राजनीति |


निर्वाचन तयारी समिति बैठक सोमबार बस्ने


काठमाडौं, चैत २७ गते । आइतबार बसेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक सम्पन्न भएको छ । पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गतेको निर्वाचन तयारी तथा अनुगमनका जिम्मेवारी समितिलाई दिएको छ

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको सो समितिको आइतबार बसेको बैठकमा स्थानीय निर्वाचनमा गठबन्धनलाई कसरी प्रभावकारीरुपमा बलियो बनाउने भन्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा सोमबार बिहान ९ बजे थप छलफल गर्नेगरी आइतबारको बैठक सम्पन्न भएको उहाँको भनाइ छ । बैठकमा गठबन्धनका दलले तयार पार्ने घोषणापत्रको विषयमासमेत छलफल भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?