logo
२०८१ बैशाख २० बिहीवार



राष्ट्रपतिद्वारा अस्पताल उद्घाटन

मुख्य समाचार |


राष्ट्रपतिद्वारा अस्पताल उद्घाटन


सञ्जयकुमार मिश्र

रौतहट (गौर), चैत २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले माधवनारायण नगरपालिकाको जयनगरमा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आइतबार उद्घाटन गर्नुभएको छ । स्वर्गीय गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानले निर्माण गरेको अस्पताल तीन सय शøयाको छ ।अस्पताल उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले स्वर्गीय सिंहले आफ्नो सम्पूर्ण जीवन जनताको सेवामा समर्पित गर्नुभएको बताउनुभयो । उहाँले स्वर्गीय सिंह सङ्घर्षशील व्यक्तित्व रहनुभएको चर्चा गर्दै सामाजिक रूपान्तरका लागि सिंहको विचार सबैले सदैव मनन गर्न‘पर्ने बताउनुभयो । उहाँले मधेस प्रदेश सरकारको छोरी बचाऊँ, छोरी पढाऊँ कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्दै सामाजिक कूरीतिका रूपमा रहेको दाइजो, बोक्सीलगायतका प्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

“चुरे क्षेत्र जोगाए नेपालको प्राकृतिक सन्तुलन जोगाउन सकिन्छ” राष्ट्रपति भण्डारीले भन्नुभयो, “चुरे क्षेत्रको संरक्षण गरी दिगो विकासका लागि कृषि उपज वृद्धि, माछापालनलगायतबाट आत्मनिर्भर तथा आर्थिकस्तर वृद्धि भई सुखी नेपाल, समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिन्छ ।” मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षालगायतका सुविधाबाट कुनै जनता वञ्चित रहनु शोभनीय नरहने भन्दै मधेस प्रदेश विकासका लागि सबै दातृ निकायसँग अनुरोध गर्न‘भयो ।

पूर्वउपप्रधानमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मधेस प्रदेशको मध्य क्षेत्रमा गजेन्द्र स्मृति अस्पताल निर्माणले स्वास्थ्य सेवामा यस भेगका जनताको पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो । रौतहट क्षेत्र नं. १ का सांसद एवं पूर्वमन्त्री अनिलकुमार झाले लोकतान्त्रिक आन्दोलनका योद्धा स्व. सिंहको नाममा स्थापित अस्पतालले यस क्षेत्रको स्वास्थ्य तथा शैक्षिक विकासमा महìवपूर्ण योगदान पुग्ने बताउनुभयो । मधेस प्रदेश सभा सदस्य डा. डिम्पल झाले क्यान्सरका कारण आफ्नो स्वास्थ्य अवस्था एकदमै दयनीय भएको बताउँदै अस्पताल निर्माणले आफ्नो पनि सपना साकार भएको धारणा व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?