logo
२०८१ बैशाख २५ मंगलवार



सत्ता गठबन्धनद्वारा संयुक्त वक्तव्य जारी

मुख्य समाचार |


सत्ता गठबन्धनद्वारा संयुक्त वक्तव्य जारी
तस्विर-फाइल


काठमाडौं, चैत २८ गते । सत्ता गठबन्धनको सोमबार बिहान बसेको शीर्षस्थ नेताहरुबीचको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सफल गर्ने भन्ने विषयमा बृहत् छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

‘निर्वाचनमा समर्पित उम्मेदवारलाई कसरी विजयी गराउने भन्ने विषयमा छलफल भएको छ । कस्तो किसिमको मेकानिजम बनाउने विषयमा म यहाँहरुलाई अवगत गराउने छु । अर्को बैठक भोलि (मंगलबार) अपराह्न ४ बजे बस्ने छ ।’, बैठक पश्चात् कार्कीले भन्नुभयो ।

यसै क्रममा उहाँले गठबन्धनले संयुक्त वक्तव्य जारी गरेको पनि बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?