logo
२०८१ बैशाख २४ सोमवार



राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

मुख्य समाचार |


राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत


काठमाडौं, चैत २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । आज अपराह्न राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी, अर्जेण्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

उक्त विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष अष्ट्रियाका क्याथरिना विजर, हङ्गेरीका आन्द्रेस लाज्लो किराली, अर्जेण्टिनाका ह्युगो जाभियर गोबी, क्यानडाका क्यामरुन डीन म्याके र डोमिनिकनका डेभिड पुइगले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

उहाँहरू सबैजना भारतका लागि तत् देशका आवासीय राजदूत हुनुहुन्छ र नयाँदिल्लीबाटै नेपाल मामिला सम्हाल्नुहुन्छ । त्यस अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?