logo
२०८० चैत्र १५ बिहीवार



मेलम्चीको पानी आजदेखि सुरुङमा, वैशाख पहिलो साताबाट वितरण

मुख्य समाचार |
समाज |


मेलम्चीको पानी आजदेखि सुरुङमा, वैशाख पहिलो साताबाट वितरण
फाेटाे – शेखर चाैलागाईं


मित्र भण्डारी/विष्णु पाण्डेय

काठमाडौं, चैत २९ गते । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानको प्रयासमा सरकार लागेको बताउनुभएको छ । मेलम्चीको पानी सुरुङ्मा पठाएपछि सम्बाेधन गर्ने क्रममा उहाँले साे कुरा बताउनुभएको हो ।

स्व. कृष्णप्रसाद भट्टराईले देखेको सपना आफ्नो कार्यकालमा सम्पन्न गर्न पाएकोमा गौरव लागेको उहाँले बताउनुभयो ।

‘केही व्यक्तिहरुले वैशाखमा यो सरकारले मेलम्चीको पानी उपत्यकामा ल्याउन सक्दैन भनेर प्रचार गरेका थिए तर हामीले समयमै आयोजना पुनः सञ्चालन गरेर यसको जवाफ दिएका छौँ,’ मन्त्री चौँधरीले भन्नुभयो ‘स्व. कृष्ण प्रसाद भट्टराईले देखेको सपना आफ्नो कार्यकालमा पुरा गर्न पाएकोमा गौरव लागेको छ ।’

बाढीबाट क्षतिग्रस्त समुदायको पुनःस्थापनाका लागि सरकारले योजना बनाएको पनि मन्त्री चौधरीले बताउनुभयो । सुरुङमा पठाएको पानी सुन्दरी जलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधित गरेपछि वैशाखको पहिलो साताबाट उपत्यकामा वितरण गर्ने मेलम्ची खानेपानी विकास समितिको तयारी छ ।

समितिका सिनियर डिभिजन इन्जिनियर पदमहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाएकाे जानकारी दिनुभयो । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाइएकाे हाे।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति गरेकाे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?