सङ्घीय सरकारले तराई–मधेशको विकासलाई उच्च प्राथमिकता दिएको छः राष्ट्रपति
रासस
फाल्गुन ६, २०७६ मंगलवार
राष्ट्रपति विद्यादेवी भण्डारीले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । मौलापुर नगरपालिका वडा नं ५ पतौरामा आजदेखि शुरु भएको ऐतिहासिक मौलापुर मधानी महायज्ञ महोत्सवको उद्घाटन गर्दै उहाँले कर्णाटकालीन इतिहास बोेकेको पुरातात्विक धरोहर रहेको सिम्रौनगढ नगरीसँंगै जोडिएको पतौरामा हजारौंँ वर्ष पुरानो महादेव मन्दिरको अवशेष भेटिएकाले यस क्षेत्रको...