योगदानमा आधारित सामाजिक सुरक्षा योजना : आयकरको सीमा बढाइयो योगदानकर्ता बढ्ने
सीता शर्मा
फाल्गुन ५, २०७६ सोमबार
दोहोरो करको द्विविधाका कारण योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएकालाई योगदानकर्ता थपिने बाटो केही हदसम्म खुलेको छ । सरकार गठन भएको दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आयकरको सिलिङमा दुई लाख रुपियाँ बढाएसँगै योगदानकर्तालाई केही सहज भएको हो ।