भ्रष्टाचार अनुसन्धानमा हदम्यादको प्रस्ताव
गोरखापत्र अनलाइन ,
माघ १०, २०७६ शुक्रबार
सरकारले भ्रष्टाचारजन्य कसुर अनुसन्धानमा पनि हद म्यादको व्यवस्था प्रस्ताव गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विधेयक राष्ट्रिय सभा विधेयक शाखामा दर्ता गरेको छ ।