गुठी जग्गा संरक्षणसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
गोरखापत्र अनलाइन ,
माघ ९, २०७६ बिहीबार
सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी पाँच सदस्यीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
गत माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले प्रतिवेदनमा उल्लेखित गुठी जग्गा गुठीकै नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाउन गुठी संस्थानलाई निर्देशन दिइएको पत्रकार सम्मेलनमार्फत् सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।