सेक्युरिटी प्रेस खरिद बारे समितिको चासोलाई सरकारले सहयोग गर्छ : मन्त्री बाँस्काेटा
गोरखापत्र अनलाइन ,
पुष २४, २०७६ बिहीबार
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदसम्बन्धमा संसदका दुई वटा समितिले राखेको चासोलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले लेखा समिति र अर्थ समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कुनै गडबड छ कि भनेर छानविन वा अध्ययनका लागि कागजपत्र माग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुईवटा समितिले उठाएको चासोलाई सम्मान गर्नुपर्छ । कागजपत्रको...