प्रधानन्यायाधीशको एक वर्ष, न्यायालय सुधारमा सुधार निगरानी भईरहेकाे दावी
रासस
पुष १८, २०७६ शुक्रबार
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पदीय जिम्मेवारी लिएर कार्यसम्पादन गरेको एक वर्ष पूरा भएको छ ।
यस अवधिमा न्यायलयको सुधारमा उहाँले केही चालेका कदमले न्यायालयमा सुधार हुन्छ कि भन्नेमा नागरिकमा केही आशा पलाएको छ । न्यायाधीशबाट कार्यसम्पादन उचित रुपमा भए नभएको, बदनियतपूर्ण भए कारवाही भएको र अदालतबाट न्याय सम्पादन गर्ने कार्यमा समेत सुक्ष्म रुपमा निगरानी गर्ने कार्य भइरहेको छ ।