दोहोरो चरित्रले विद्युत् पूर्वाधार निर्माणमा सकस
गोरखापत्र अनलाइन
माघ २५, २०७८ मंगलवार
विद्युत् उत्पादन बढ्दै जाँदा त्यसलाई मुलुकभर सहज र दिगो रूपमा वितरण गर्ने प्रसारण लाइन निर्माणको गति भने सुस्त छ । बढ्दो ऊर्जाको माग सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखे पनि लगानी, निर्माण प्रक्रिया, स्थानीय अवरोध तथा सरकारी निकायबीचकै समन्वय अभावले यो प्रक्रिया अवरुद्ध छ ।
सरकारले नदी कोरिडोरमा आधारित उच्च क्षमताका प्रसारण लाइन बनाउन दशक पहिलेदेखि...