विद्युत् उत्पादन वृद्धिसँगै थप प्रसारण लाइन निर्माण जरूरी
रासस
माघ २६, २०७८ बुधबार
नेपालमा विद्युत् उत्पादन एकपछि अर्को गर्दै वृद्धि भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा हालसम्म दुई हजार १०० मेगावाट बराबर बिजुली जोडिएको छ । निर्माणका क्रममा तीन हजार ५०० मेगावाट क्षमताका आयोजना छन् ।
यस्तै, निर्माणमा जाने तयारीमा झण्डै नौ हजार मेगावाट क्षमताका आयोजना छन् । जलविद्युत उत्पादनमा एकपछि अर्को गर्दै सफलता हासिल हुँदै गएपनि प्रसारण प्रणालीको अभावमा एक स्थानमा उत्पादन भएको बिजुली अर्को...