‘एमसिसीको बहस राजनीतिक तुष्टीकरण मात्रै’
गोरखापत्र अनलाइन ,
पुष १०, २०७६ बिहीबार
सरकारले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनका सन्दर्भमा चलेको बहस राजनीतिक तुष्टीकरण मात्र भएको टिप्पणी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एमसिसीको विषय ‘इन्डो प्यासिफिक स्ट्राटेजी’सँग जोडिएको छैन भन्दै यसमा अनावश्यक बहस नगर्न सुझाव दिनुभयो ।