‘सीमा विवाद समाधान गर्न प्रमाण जुटाउँछौँ’
गोरखापत्र अनलाइन ,
मंसिर १३, २०७६ शुक्रबार
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा विवादलाई कूटनीतिक संयन्त्र र राजनीतिक माध्यमबाटै समाधान निकालिने बताउनुभएको छ । सरकारका प्रवक्ता बाँस्कोटाले त्यसका लागि ब्रिटिस म्युजियम, अभिलेखालयलगायत स्थानबाट समेत सरकारले तथ्य, तथ्याङ्क र प्रमाणहरू सङ्कलन गर्ने स्पष्ट पार्नुभयो ।