रङ्गशालाबाट शुभारम्भ, पर्यटकलाई ‘सरप्राइज’
गोरखापत्र अनलाइन ,
मंसिर १०, २०७६ मंगलवार
भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारिक उद्घाटन गर्ने निर्णय गरेको हो ।