भारतसँगकाे सीमा छलफल तथ्य र तयारीसाथ हुन पर्नेमा जाेड
गोरखापत्र अनलाइन ,
कार्तिक २५, २०७६ सोमबार
कालापानी विवाद समाधानका लागि उच्च राजनीतिक एवं कुटनीतिक स्तरमा छलफल अगाडि बढाउँदा ऐतिहासिक तथ्य, प्रमाण र प्राविधिक तयारीसाथ हुनुपर्ने विज्ञहरुले बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नीति तथा अनुसन्धान प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्शा’ विषयक अन्तरक्रियामा कुटनीतिक तथा उच्च राजनीतिक पहलबाट पनि समस्या समाधान नभए अन्तर्राष्ट्रिय अदालतमा...