निजी क्षेत्र उत्साहित
गोरखापत्र अनलाइन ,
आश्विन २७, २०७६ सोमबार
गते । गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसले सञ्चार गरेका आशाप्रति नेपालको निजी क्षेत्र निकै उत्साहित भएको छ । खास गरी नेपालको भौतिक पूर्वाधार विस्तार, पर्यटन क्षेत्रमा सहयोग र चिनियाँ लगानी विस्तारका लागि भएका छलफल, सहमति र समझदारीले नेपालको निजी क्षेत्र उत्साहित बनेको हो ।