अर्थतन्त्र डुब्छ, यस्तोमा रोक र विद्युतीय कारोबारमा जोड दिनु पर्छ
दीपा चाैधरी
माघ ११, २०७८ मंगलवार
नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा‘क्रिप्टोकरेन्सी’को कारोबार नगर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बैंकले आइतबार जारी गरेको सूचनामा भर्चुअल मुद्राले नेपालमा मान्यता नपाएकाले क्रिप्टोकरेन्सीको कारोबार नगर्न आग्रह गरेको हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरी उक्त सूचना जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।