लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा
गोरखापत्र अनलाइन
माघ ११, २०७८ मंगलवार
राष्ट्रियसभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा लागेको मतदानको तयारी पूरा भएको छ। तीन सिटका लागि हुन लागेको निर्वाचनको मतदान केन्द्र घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तोकिएको छ। निर्वाचन आयोगका निर्वाचन अधिकृत मीनराज भट्टराईका अनुसार मतदान बिहान ९ बजेदेखि दिउँसोको ३ बजेसम्म हुनेछ।