मेडिकल शुल्कबारे गृह मन्त्रीको ध्यानाकर्षण
रासस
पुष २७, २०७८ मंगलवार
गृहमन्त्री बालकृष्ण खाँणले मेडिकल शुल्कबारे ध्यानाकर्षण भएको बताउनुभएको छ । विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजले लिएको शुल्कबारे जानकारी गराएपछि यसमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।
सात विद्यार्थी सङ्गठनले मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खाँणले यस सम्बन्धमा परामर्श गरेर अघि बढ्ने आश्वासन दिनुभएको हो ।