सङ्घीयता सफल कार्यान्वयनका लागि मेलमिलापको खाँचो छ : प्रधानमन्त्री देउवा
रासस
पुष १६, २०७८ शुक्रबार
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो राजनीतिक सङ्घर्षबाट जारी भएको संविधानमा जनचाहना अनुसार व्यवस्था गरिएको सङ्घीयता बचाएर राख्न राजनीतिक दल र नागरिक बीचमा मेलमिलाप हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बीपी सङ्ग्रहालय समिति सुन्दरीजलमा आज आयोजित कार्यक्रममा उहाँले हिजो बीपीले जुन अर्थमा राष्ट्रिय सहमति र मेलमिलाप नीति खोज्नुभएको थियो, आज मुलुकको...