जगदीशपुर तालमा आए पाहुना चरा
गोरखापत्र अनलाइन
पुष १७, २०७८ शनिबार
देश विदेशका चराको गन्तव्य कपिलवस्तुको जगदीशपुर ताल पाहुना चराको आगमनले मनमोहक बनेको छ । तालभरि चरा देखिन थालेपछि पर्यटक आकर्षण पनि बढेको छ । तालमा अहिले मरुल, सिलसिले हाँस, बिजुला गैरी, सुनजुरे हाँस, खडखडे र सिन्दुरे हाँस प्रशस्त देखिएका छन् । त्यस्तै सुइरोपुच्छ, चखेवाचखेवी, बेल्चा ठुँडे, हरिहाँस, नादुन, बगाले सिमकुखुरा, जलेवा, सुइरोठुटे, मालक र हरियो टाउकेहाँस पनि उत्तिकै छन् ।