सामान्य असावधानीले ज्यान गुम्न सक्छ
देवबहादुर कुँवर
पुष १६, २०७८ शुक्रबार
चिसोबाट जोगिन झ्यालढोका बन्द गरी आगो, कोइला, ग्यास गिजर वा हिटर बालेर सुत्दा सतर्क हुनुहोस् । सामान्य असावधानीले ज्यान गुम्न सक्छ । यस्तै घटना बाँकेमा भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको कर्मचारी आवास गृहमा बिहीबार बिहान यस्तै असावधानीका कारण एकै परिवारका चार जनाले अकालमै ज्यान गुमाउनुप¥यो । तीन जना सख्त घाइते छन् ।
कर्णाली प्रदेश मेडिकल स्टोर कार्यालयका कर्मचारी कालीकोट खाँडाचक्रका २४ वर्षीय...