प्रदेश– १ को न्यूनतम साझा कार्यक्रम सार्वजनिकः खर्च कटौतीको सुझाव
गोरखापत्र अनलाइन
पुष १०, २०७८ शनिबार
प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले शनिबार प्रदेश सरकारलाई सुझाव प्रतिवेदन बुझाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेर प्रदेशस्तरीय राजनीतिक कार्यदलले प्रदेश सरकारको न्यूनतम प्राथमिकता र योजनाको विषयमा सुझाव दिएको छ । कार्यदलले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमका नीतिगत र क्षेत्रगत प्राथमिकतालाई बुँदागत रुपमा समावेश गरेको छ ।