हाइड्रोजनबाट कार सञ्चालन तयारी
सूर्यप्रसाद पाण्डे
पुष ४, २०७८ आइतवार
बिजुली वा पेट्रोल होइन, हाइड्रोजनबाट चल्ने कार बन्दै छ । यो विदेशमा भएको प्रयास पनि होइन, नेपालमै । कार त पहिलो प्रयोगमात्र हो, एक वर्षभित्र सार्वजनिक यातायातका लागि बस नै चल्नेगरी हाइड्रोजन ऊर्जा अनुकूलको इन्जिन बनाइँदै छ ।